नेकपाको विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन
काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचनको गतिविधिलाई तीव्र बनाएको छ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ दललाई बोलाएर आचारसंहिताको बारेमा छलफल गरेको छ।
निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेपछि त्यसमाथि छलफल गर्न बैठक बोलाइएको दलहरूसँगको छलफलपछि प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
‘संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छौँ। दलका प्रतिनिधिले सुझाव प्राप्त भएको छ केही दलहरूले भोलिसम्म लिखितरूपमा दिने भन्नुभएको छ’ उनले भने, ‘त्यसपछि आचारसंहिता लागू हुन्छ।’
आयोगले प्रतिनिधिसभा विघटनपछिको विभाजित सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पनि छिट्टै समाधान गर्ने तयारी गरिरहेको उनले बताए। ‘आयोग दलहरूमा देखिएको समस्या छिट्टै निर्णय गरेर निकास दिने तयारी गरिरहेको छ’ उनले भने।
दलको सुझाव आएपछि आयोगले आचारसंहिता लागू गर्ने उनले बताए। उनले सरकारले तोकको ०७८ वैशाख १७ र २७ गते निर्वाचन गराउनका आयोग सक्षम भएको दाबीसमेत गरे।
आचारसंहितामा विगतको अनुभवलाई समेटेर परिमार्जित रूपमा लागू हुने बताए। दल दर्ताको विषयमा बोलाएको छलफलपछि नेकपा प्रचण्ड–माधव पक्षको पत्र प्राप्त भएपछि अध्ययन गरिरहेको समेत जनाए।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...