ताजा समाचार

मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक छः कमल थापा

काठमाडाैँ । राप्रपाका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई शसक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए।

नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवस्यक रहेको जिकिर गरे।

कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको थापाको भनाइ थियो । उनले भ्रष्टाचार, बेरोजगारी, धर्म परिबर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत उनले औंल्याए । कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org