ताजा समाचार

भारतीय नेताको विवादास्पद अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण

काठमाडौँ।  भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले ध्यानाकर्षण गराएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारत सरकारलाई औपचारिक रुपमा ध्यानाकर्षण गराएको बताएका छन् । भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव देवले शनिबार भाजपाका तत्काललिन अध्यक्ष तथा गृहमन्त्री अमित शाहबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल सरकारको ध्यानाकर्षण भएको हो ।

शाहले नेपालमा पनि भाजपाको संगठन बनाउने र सरकार नै गठन गर्ने तयारी गरेको भन्दै देवले दावी गरेका थिए ।
देवको अभिव्यक्तिलाई लिएर भारतका अन्य नेताहरुले पनि आलोचना गरेका थिए ।

देवले शाहले भाजपाको अध्यक्ष रहेका बेला एक बैठकमा त्यस्तो योजना सुनाएको दावी गरेका थिए । तर उनले कुनै प्रमाण भने सार्वजनिक गर्न सकेनन् ।

यसबारे विवाद चर्को हुन थालेपछि परराष्ट्रमन्त्री ज्ञवालीले ट्वीटरमार्फत औपचारिक रुपमा आपत्ति व्यक्त गरिसकिएको बताएका हुन् । यसवाहेक नेपाली कांग्रेसका नेता डा प्रकाश शरण महत, नेकपा दाहाल पक्षीय नेता विष्णू रिमाल लगायत नेताहरुले पनि उक्त अभिव्यक्तिबारे ध्यानाकर्षण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org