ताजा समाचार

प्रदेश संरचनालाई कमजोर बनाउन अविश्वास प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई

विधिसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार

काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव विधि र विधान मिचिने गरी ल्याएकाले कुनै सम्झौता नहुने बताएका छन् ।

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्न अविश्वास प्रस्ताव ल्याइएको बताए ।

उनले संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनालाई कमजोर बनाउने र जनताको विकास र समृद्धिको चाहनालाई तुसारापात गर्ने उद्देश्यका साथ अविश्वासको प्रस्ताव आएको पनि दाबी गरे ।

उनले  विधिसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार रहेको पनि बताए ।  अविश्वासको प्रस्तावबाट तर्किन पन्छिन नखोजेको बताउँदै मुख्यमन्त्री राईले केही वैधानिक प्रश्न रहेको दाबी गरे ।

उनले संविधान, कानुन र त्यसबाट निर्देशित दलीय कानुन, तथा दलीय वैधानिक व्यवस्था मिचेर अविश्वास प्रस्ताव आएकाले त्यसमा लचिलो हुन नसकिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org