ताजा समाचार

प्रधानमन्त्रीलाई भेट्न समय मागेको छु, खबर आउला: सभामुख सापकोटा

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेका छन्।

आफूले प्रधानमन्त्री ओलीसँग भेटका लागि समय माग गरेको सापकोटाले जानकारी दिए।

‘प्रधानमन्त्रीसँग भेट गर्न समय माग गरेको छु। कानुन मन्त्रीमार्फत् कुरा भएको छ, खबर आउला,’ सिंहदरबारमा पत्रकारहरूसँग उनले भने।

सरकारले बिजनेश नदिँदा प्रतिनिधि सभा बैठक प्रभावकारी हुन नसकेको गुनासो भइरहेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारले बिजनेश नदिँदा संसद बैठक प्रभावकारी नभएको बताइरहेको छ।

पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्चले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भई बैठक चलेको छ।

बैठकमा सरकारले अध्यादेशहरू पनि पेश गरेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org