ताजा समाचार

माओवादी केन्द्र सर्वोच्चको फैसला पुनरवलोकनमा जाने !

काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलामा पुनरवलोकनमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरवलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको बताए ।

माओवादी केन्द्रले आज सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए । उनीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाएको सचेतक देव गुरुङले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org