ताजा समाचार

“अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने”

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपाली राजनीतिमा नैतिकता के हो भनेर कसले कसलाई पढाउने ? भनी प्रश्न गरेका छन् ।

विघटित प्रतिनिधिसभा पुनस्थापित भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला मंगलबार संसदमा प्रधानमन्त्री ओली निकट सांसदले यस्तो प्रश्न गरेका हुन् ।

नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ।

ठाउँ ठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन भन्ने । नेकपा एमालेदेखि सातो जाने । चुनावमा जान खुट्टा कमाउने, लोकतन्त्रको दुम्दुबी बजाउने नैतिकता कता गयो कसरी खोज्ने ?

सभामुख महोदाय तपाईं निर्वाचित हुँदा नेकपा थियो, अब उपसभामुख चुन्ने हो भने दलीय संलग्नता कसको भन्ने ? अनि नैतिकता कसले कसलाई सिकाउने ?

आफै भत्ता बढाउन माग गर्ने, अनि प्रधानमन्त्री समर्थक सांसदले माग गरे भनेर प्रचार गराउने, नैतिकता के हो ? कसले कसलाई पढाउने ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org