ताजा समाचार

कथित स्पष्टीकरणबाट तर्सिएका छैनौँ, ओलीसामू आत्मसमर्पण गर्दैनौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले मागेको स्पष्टीकरण कथित भएको र आफूहरू नतर्सिएको बताएका छन्।

आफ्नो समूहपक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘ओलीले मागेको कथित स्पष्टीकरणबाट तर्सिएको छैनौँ, हामी ओलीविरुद्ध आत्मसमर्पण गर्दैनौँ।’

ओलीको दुई दिनको चुरी फुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्‍जेलसम्म मात्रै भएको टिप्पणी गरे। ‘ओलीको चुरीफुरीको हावा कुर्सीबाट बाहिर निस्केपछि खुस्किन्छ,’ उनले भने।

९ औँ महाधिवेशनको कार्यदिशा अनुसार आफूहरू अगाडि बढ्न खोजेको पनि नेपालले बताए। ‘हामी पार्टी फुटाउँदैनौँ, केपी ओलीले पार्टी फुटाउन खोज्दैछन्, चुनौतीबाट भाग्ने मान्छे सफल हुँदैन, हामी चुनौतीको सामना गर्नेमा पर्छाैं,’ उनले थपे।

ओलीले जस्तोसुकै सेटिङ गरेको भएपनि अब कुनैपनि हालतमा राजतन्त्र पुनःस्थापना नहुने नेपालले दाबी गरे। अबको लक्ष्य समाजवाद नै रहेको उनले विद्यार्थीहरूलाई बताएका छन्‌।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org