ताजा समाचार

एमालेको नयाँ पार्टी कार्यालयको अवलोकन गर्न जाँदै ओली

काठमाडाैँ । पार्टी कार्यालय रहने भवन अवलोकनका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली जाने भएका छन्।

बुधबार बिहान प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेका हुन्।

प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित छन्।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org