ताजा समाचार

एमाले केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने, ५ वर्षका लागि भयो सम्झौता

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भएको छ।

थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताए। उनले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए।

‘वैशाख १ गतेबाट पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ’, दुगडले पत्रकारसँग भने।

उनले आफूले घरधनी सञ्जय अग्रवाललाई चिनेका कारण कार्यलय सार्ने विषयमा पहलकदमी लिएको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org