पत्रकार महासंघमा पाँचजना अध्यक्षका उमेदवार, कुन पदमा कति उमेदवार (सूचीसहित)
काठमाडाैँ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन।
महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते निर्वाचन हुँदै छ।
त्यसका लागि दलीय गठनबन्धनसहित पत्रकारहरूले विभिन्न पदका लागि उम्मेदवारी दिएका हुन्।
निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने युनियनकै तर्फबाट रामप्रसाद दाहाल पनि अध्यक्षमा उठेका छन्। महासंघलाई राजनीतिक दलको कब्जामा जान नदिने भन्दै उनले उम्मेदवारी दिएको हुन्।
यसैगरी स्वतन्त्रतर्फबाट गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा युनियनले रमेश विष्टलाई उठाएको छ भने युनियनबाटै रामजी दाहाल उम्मेदवार बनेका छन्।
त्यस्तै एमालेको नेपाल पक्षधर प्रेस चौतारीका ध्रुव लम्सालले वरिष्ठ उपाध्यक्षका लागी उम्मेदवारी दिएका छन्। यसैगरी सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले प्रेस चौतारीको तर्फबाट अध्यक्षका लागि उम्मेदवारी दिएकी छन्।
पोखरेल प्यानलबाट महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम उठेका छन्। तर सोही गठबन्धनबाट रेमबहादुर विश्वकर्मा र शीतल महतोले पनि समावेशी उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
यसैगरी महासचिवमा गठबन्धनबाट प्रेस सेन्टरका रोशन पुरी उम्मेदवार बनेका छन् भने युनियनबाटै राजेश मिश्र पनि उठेका छन्। त्यस्तै सुवोध गौतमले पनि महासचिवमा उम्मेदवारी दिएका छन्।
प्रेस युनियनका नकुल अर्यालले खुलातर्फ सचिवमा उम्मेदवारी दिएका छन्। यस्तै गठबन्धनबाट माधव नेपालपक्षीय चौतारीका गोविन्द चौलागाईंले उम्मेदवारी दिएका छन्। खुला सचिवमा जन्मदेव जैसी, यम विरहीले पनि उम्मेदवारी दिएका छन्।
पोखरेल प्यानलबाट सिर्जना अर्यालले महिला सचिवमा बागी उम्मेदवारी दिएकी छन्। सोही प्यानलबाट नारायण किलम्बुले आदिवासी जनजाति सचिवमा उम्मेदवारी दिएका छन्।
सोही प्यानलबाट दीपेन्द्र चौहान, देवकुमार यादव र प्रवीण चौधरीले त्यस्ते मधेसी सचिवमा उम्मेदवारी दिएका छन्।
गठबन्धनले हेमकर्ण विकलाई दलित सचिवको उम्मेदवार बनाएको छ तर गणेश विक, गोपाल बराइली, मानसिंह विकले पनि उम्मेदवारी दिएका छन्।
प्रेस युनियनकै केपी ढुंगाना, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहालले एसोसियट सचिवमा उम्मेदवारी दिएका छन्।
गठबन्धनबाट प्रेस युनियनका कलेन्द्र सेजुवालले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् भने युनियनकै प्रकाश थापा, माधव दुलाल, दिलिप पौडेल पनि सोही पदको उम्मेदवार बनेका छन्।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...