नेपाललाई खोप हस्तान्तरणपछि चीनले भन्यो, ‘हामी राष्ट्रपतिको बचन पूरा गर्न प्रतिबद्ध छौं’
काठमाडाैँ । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज सोमबार बिहान काठमाडौं आइपुगेको छ । यो अवसरमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आफूहरु राष्ट्रपतिको बचन पूरा गर्नका लागि प्रतिबद्ध भएको बताएकी छिन् । साथै, भ्याक्सिनको यो खेपमा चिनियाँ जनताको नेपाली जनताप्रति गहिरो मैत्रिपूर्ण भावना समेटिएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘यो दुई व्यक्तिको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हो जसले एक अर्कालाई विषम परिस्थितिमा सहयोग गर्ने गर्छन् । यस्तै, यसले चीन–नेपाल रणनीतिक सहकारी साझेदारीको उच्च प्रदर्शनसमेत गर्दछ ।’
यो क्रममा हाउ यान्छीले राष्ट्रपति शी जिनपिङले गरेको बाचा पनि सम्झिएकी छिन् । यान्छीका अनुसार जिनपिङले चीनमा उत्पादन गरिएको भ्याक्सिन उपलब्ध हुने बित्तिकै विकासशील राष्ट्रलाई प्रदान गरिने बचन दिएका थिए । उनी भन्छिन्, ‘हामी राष्ट्रपति शीको बचन पूरा गर्न प्रतिबद्ध छौं । महामारीविरुद्ध अन्तरराष्ट्रिय सहयोगको सक्रिय सञ्चालनका निमित्त अन्तरराष्ट्रिय खोप अभियानलाई प्रोत्साहित गर्नका लागि एक प्रतिबद्ध फ्रन्ट–रनरको रुपमा काम गर्दै सबैका लागि समान खोप वितरणमा हाम्रो प्रतिबद्धता छ । ’
चीनले नेपाललगायत अन्य ८० देशमा कोभिड–१९ को भ्याक्सिन अनुदान स्वरुप दिनेछ । तत्कालका लागि चीनले ४३ देशलाई खोप निर्यात गर्दैछ । हाउ यान्छीले भनिन्, ‘चीनले कोभ्याक्ससँग पनि सहकार्य गरेको छ । यसमार्फत् चीनले सुरुवाती चरणमा १ करोड डोज विकाशशील राष्ट्रलाई प्रदान गर्नेछ ।’
यसपटकको खेप सिनोफार्मले उत्पादन गरेको हो । उनले भनिन्, ‘यो खोप ८० प्रतिशत बढी प्रभावशाली छ । यसको एन्टीबडीलाई निष्क्रिय गर्ने सकारात्मक रुपान्तरण दर ९९.५२ प्रतिशत रहेको । साथै यो गम्भीर मामिलालाई रोक्न शत प्रतिशत प्रभावकारी छ ।’
हाउ यान्छीका अनुसार १० करोड बढी चिनियाँ भ्याक्सिन घरेलु तथा अन्तरराष्ट्रिय स्तरमा प्रयोग भइसकेका छन् ।
हाउ यान्छी भन्छिन्, ‘नेपालले दोस्रो लहरको कोरोना संक्रमण रोक्नका लागि आवश्यक उपाय अपनाइरहेको छ । यो खेपले नेपाल सरकारको खोप अभियानमा सहयोग गरी महामारीमाथि नियन्त्रण पाउन र देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने कुरामा हामी आशावादी छौं ।’
Comments
अरु समाचार
-
तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएका छन् । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको...
-
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् ।...
-
केन्द्रीय समिति र संसदीय दलमा खनालको बहुमत
काठमाडौँ । प्रतिनिधिसभामा १० सिट रहेको तर राष्ट्रिय पार्टी हुन नसकेको नेकपा एस आन्तरिक कलहमा भने राष्ट्रव्यापी हुने लक्षण देखिएको...
-
‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा
काठमाडौं । जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको आयोजकले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव...
-
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । गोरखाको पालुङटार नगरपालिका–३ निवासी...
-
प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।आज बिहान प्रधानमन्त्रीको सरकारी...
-
नेपाल प्रहरीका २० जना एसएसपीको सरूवा
काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरिएको छ । बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट उनीहरुको सरूवा...
-
कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त
१६ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् ।जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला...
-
बजेटले जनतामा आशाको सञ्चार गरेको छः झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताएका छन् ।...