ताजा समाचार

केन्द्रीय समिति र संसदीय दलमा खनालको बहुमत

काठमाडौँ । प्रतिनिधिसभामा १० सिट रहेको तर राष्ट्रिय पार्टी हुन नसकेको नेकपा एस आन्तरिक कलहमा भने राष्ट्रव्यापी हुने लक्षण देखिएको छ। केही दिन सम्म प्रधानमन्त्री हुन्छु भनेर आफै घोषणा गर्दै हिँड्नु भएका सो पार्टीका अध्यक्ष माधव नेपाल आफै संसदीय दल र अल्पमतमा परेपछि तनावमा देखिएको एक नेताले जानकारी दिए। स्रोतका अनुसार पार्टीको केन्द्रीय समितिमा माधव नेपाल अल्पमतमा हुनुहुन्छ भने प्रतिनिधिसभाका १० सांसद मध्ये ८ खनालको पक्षमा र २ नेपालको पक्षमा छन् । त्यसैले कुनै पनि बेला सो पार्टीमा विद्रोहको सम्भावना रहेको बताइएको छ।

वैकल्पिक सरकार गठनको कसरतमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग निरन्तर संवादमा हुनुहुन्छ । त्यसै गरी सम्मानित नेता झलनाथ खनाल वाम ध्रुवीकरणको एजेन्डा लिएर एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग निरन्तर संवादमा हुनुहुन्छ।

बिहीबार बिहानै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भयो । प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो । भेटका खनालले आफूहरू अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता प्रचण्डसंग गर्नुभएको स्रोतले बतायो । स्रोतका अनुसार खनालले पार्टीको बहुमत अहिलेको निरन्तरताको पक्षमा रहेकोले ढुक्क भएर अगाडि बढ्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो।

यसअघि बुधवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बुढानीलकण्ठ पुग्नुभयो । बुढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको थियो । विपक्षी गठबन्धनको छलफलमा नेपाल सहभागी भएकोमा पार्टी भित्र उहाँ प्रति असन्तुष्टि बढेको स्रोतले दाबी गर्यो।

सरकार सञ्चालनका विषयमा प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आउनुभएको छ । बिहीबार विराटनगरमा प्रधानमन्त्री दाहालले , नेपाल यता र उता गरिरहेको टिप्पणी गर्नुभयो । ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनुभएको थियो, तर अहिले उहाँ हामी भन्दा बाहिर जानु हुन्न’ प्रधानमन्त्री प्रचण्डको विश्वास थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org