ताजा समाचार

मन्त्रिपरिषद बैठक : विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त

काठमाडाैँ । मन्त्रिपिरिषदको आकस्मिक बैठक सकिएको छ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न नसकेपछि शुक्रबार बिहान बैठक बसेको एक मन्त्रीले बताए।

बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको ती मन्त्रीले जानकारी दिए।

बोर्डको अध्यक्षका लागि हुमागाईंसहित लेखनाथ शर्मा पंगेनी र रमेशकुमार खड्काले आवेदन दिएकोमा सरकारले हुमागाईंलाई नियुक्त गरेको हो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org