ताजा समाचार

खनाल-नेपाल पक्ष पार्टी सुदृढीकरणका लागि राष्ट्रव्यापी अभियान घोषणा गर्दै

काठमाडाै । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट माधवकुमार नेपाल पक्षले  ‘पार्टी सुदृढीकरण’का लागि आज (शनिबार) राष्ट्रव्यापी अभियान घोषणा गर्दै छ।

दिउँसो ३ बजे स्थायी कमिटी बैठक राखेर संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायत कार्यक्रम समेटेर राष्ट्रव्यापी अभियान घोषणा गरिने उसले जानकारी दिएको छ।

यसअघि शुक्रबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले राष्ट्रव्यापी अभियानको खाका तयार पारेको र आज (शनिबार) बस्ने बैठकले अन्तिम रूप दिने नेता योगेश भट्टराईले जानकारी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org