‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ’: मुख्य प्रशिक्षक अलमुताइरी
काठमाडौँ । केही अन्योलताबीच नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार मुख्य प्रशिक्षक पाएको छ ।
उनी हुन्, कुवेतका अब्दुल्लाह अलमुताइरी । यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप उपाधि जिताए यता उनले निरन्तरता पाएनन् । अब ४० वर्षीय अल्मुटाइरी कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् ।
यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाली मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ । हामीले ४–३–३ शैलीमा खेल्नेछ र आक्रामक रहनेछ । मसँग जादुयी उपाय केही पनि छैन्, तर मैले कडा मिहिनेत गर्नेछु । मसँग खेलाडीले पनि उत्तिकै कडा मिहिनेत गर्नु पर्नेछ ।’
उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका हुन् । उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ र भने नेपाल बसाइको खर्च भने अखिल नेपाल फुटबल संघ (एन्फा) को हुनेछ । उनले भने,‘म नेपालीका लागि आएको हुँ । म उनीहरूलाई खुसी दिन आएको हुँ । मेरो लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ । म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ । तर खेलाडीको प्रदर्शन भने राम्रो हुने वचन गर्छुं ।’ उनले नेपाली खेलाडीको स्तर राम्रो भएको पनि बताए ।
उनले थ्री नेसन्स कपको फाइनलमा नेपाली टिमले केही राम्रो देखाएको पनि दाबी गरे । उनले टिमको सम्भावित प्रदर्शनलाई लिएर भने, ‘सबै जिम्मेवारी मेरो हुने छ, खराव भए त्यो मेरो नै जिम्मेवारी हुनेछ, राम्रो भए सबैको हुनेछ ।’
अलमुताइरीले नेपालले साफ च्याम्पिनसिप जित्न आवश्यक रहेको र यसका लागि योग्य पनि भएको बताए ।
Comments
अरु समाचार
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...
-
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, टिममा पाँच परिवर्तन
काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान...
-
नेपाल र वेस्ट इन्डिजबीच आजदेखि ऐतिहासिक पाँच खेलको सिरिज
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२०...
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
काठमाडौ । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
आईपिएलः गुजरातमाथि दिल्लीको चार रनको रोचक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ।...