माओवादीलाई बाँस्कोटाको प्रश्न : समर्थन फिर्ता लिन किन नसकेको?
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर राजनीतिक निकास नदिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार काम चलाउन रे? कसरी हुन्छ? समर्थन आफू गर्ने? समर्थन फिर्ता लिन नसक्ने? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने? कसरी कामचलाउ भयो? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ। राजनीतिको मैदान खुल्ला छ।’
उनले जनताको बीचमा जान सबैलाई स्वतन्त्र र जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ? भनेर प्रश्नसमेत गरेका छन्। उनले अहिले ताजा जनादेशमा जानुको विकल्प नभएको दाबी गरे। अहिलेको परिस्थितीलाई बुझेर प्रधानमन्त्रीले संसद भंग गरेको सुनाए।
‘ओली सरकारअगाडि नेपाली राजनीतिक राजनीतिको लागि मात्रै सीमित थियो। अहिले राष्ट्रिय स्वाधिनता र स्वाभिमान तथा राष्ट्रको एजेण्डामा परेको छन्। अहिले विकासको बहुआयामिक एजेण्डा बनेको छ। सुखी देश र समृद्धि देश निर्माण गर्नका लागि सरकारले ध्यान दिएको छ’ उनले प्रश्न गर्दै भने, ‘नेपालको राजनीतिक पार्टीहरू आखिर के चाहन्छ?’
विना मुद्धा र एजेण्डा सरकारको विरोधका लागि विरोध गर्नेहरुले जनतालाई आशा र भरोसा गर्न नसक्ने तर्क गरे। ‘विकास निर्माणमा नलाग्ने भए राजनीतिक दलको आवश्यकता किन? सांसद, मन्त्रीको कुर्सीमा बस्न’ उनले भने। संसारले गरेको परिवर्तनपछि देशको सम्भावना र चुनौतीलाई हेरेर लाग्नुपर्ने उनले बताए।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...