बिजनेस नदिएर संसद् काम छैन भन्ने सन्देश दिन खोजिएको छ : शशी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद् शशी श्रेष्ठले सरकारले संसद्लाई बिजनेस नदिएर संसद्को काम छैन, काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजिएको बताएकी छिन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै श्रेष्ठले त्यो सन्देश केका लागि दिन खोजिएको हो? भन्ने प्रश्न गरिन्।
‘सरकारले बिजनेस नदिने अनि संसद् बिजनेसविहीन भएर अगाडि बढ्न नसक्ने अनि ताजा जनादेशबाट अर्को संसद्ले पनि यस्तै खालको गतिविधि गर्ने हो भने मुलुक अगाडि बढ्न सक्छ?,’ श्रेष्ठले सोधिन्।
श्रेष्ठले गत पुस ५ गते संविधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी एवं गैरजिम्मेवारीपूर्ण ढंगबाट संसद् विघटन भएको स्मरण गरिन्। ‘सम्पूर्ण नेपाली जनताको प्रयासबाट, यो असंवैधानिक हो, अर्काको देशको नजिर यहाँ दिने होइन, हाम्रो आफ्नै देशको मौलिकतामा यो सबै हुनुपर्दछ भनेर संसद् पुनःस्थापना भयो। त्यसपछि फागुन २३ गतेबाट सदन चलिरहेको छ। बैठक शोक प्रस्ताव पारित गर्ने, सामान्य प्रतिवेदन प्रस्तुत गर्नेमै अल्झिरहेको छ,’ श्रेष्ठको भनाइ छ।
उनले संसद् पुनःस्थापना भएर मात्रै नपुग्ने बताइन्। ‘संसद् बोलाउनुमात्रै सबै कुरा होइन। संसद् बोलाउनु भनेको संसद् चलाउनु पनि हो। संसद् चलाउनका लागि सरकारले अहिले बिजनेस दिइरहेको अवस्था छैन,’ उनले भनिन्।
संसद् चल्नका लागि सरकार नै अग्रसर हुनुपर्ने श्रेष्ठको भनाइ थियो। ‘अहिले पनि राष्ट्रियसभा र प्रतिनिधिसभामा गरेर ५५ वटा विधेयक छ,’ उनले भनिन्, ‘त्यतिमात्रै होइन। अध्यादेशहरु पनि ल्याइएका छन्। सुरुका दिनमा अध्यादेश सम्बन्धमा केही विमति भयो। त्यो संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा मात्रै विरोध भएको थियो। नीतिगत रुपबाट भन्दा मुलुक अध्यादेशबाट चलाउने होइन। संसद् नचलेको बेलामा मुलुकलाई अत्यन्तै आवश्यक पर्छ भने अध्यादेश ल्याउनसक्ने संवैधानिक प्रबन्ध छ। ल्याउन सकिन्छ। नसकिने होइन।’
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...