ताजा समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने नै बने मन्त्री

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल हेरफेरसहित पुनर्गठन गरेका छन् ।

आफ्नाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी नेपालका सांसदलाई मन्त्रि बनाएर मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, कल्पना पाण्डे शिक्षा तथा सामाजिक र सुमन शर्मा रायमाझी भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु आज मन्त्री बनेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org