ताजा समाचार

एमालेले ३२ सांसदलाई सोध्यो– तपाईंलाई पदबाट किन नहटाउने ? (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालपक्षीय संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको छ । एमालेले मंगलबार सांसदलाई स्पष्टीकरण पत्र पठाएको हो ।

पत्रमा छुट्टै राजनीतिक दल गठन गरेकोले कारबाही किन नगर्ने भन्दै प्रश्न गरिएको छ ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।

“नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले गरेको निर्णय अनुसार तपाईलाई उपरोक्त आधार कारणहरु समेतबाट तपाईले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (क) (१) (२) (३) (४) (५) (६) (७) (१२) (१४) मा उल्लिखित व्यवस्थाहरु विपरित अनुशासन उलंघन गर्नुभएको प्रष्ट देखिएकोले तपाईलाई ऐ विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम किन कार्वाही नगर्ने ? साथै राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा १(ग) वमोजिम तपाईले छुट्टै राजनैतिक दल गठन गरेको मा किन कारवाही नगर्ने ? र तपाईलाई संघीय संसदको सदस्य पदवाट किन नहटाउने ? आधार कारण सहित तीन दिन भित्र स्पष्टिकरण पेश गर्नुहुन निर्देशन गर्दछु,“ पत्रमा भनिएको छ ।

पत्रमा दुस्प्रचार र भ्रम फिजाउने कार्य किन गर्नु भएको हो ? गरिएको भन्दै प्रश्न पनि गरिएको छ । पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको उल्लेख छ ।                                     

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org