ताजा समाचार

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने स्थायी समितिमा पार्टीको विधान, संसदीय दलको विधानबारे छलफल भइरहेको छ।

मंगलबारदेखि सुरु भएको बैठकले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको छ।

बैठकमा प्रदेश इन्चार्जहरुले रिपोर्टिङ गरिरहेका छन्। नयाँ सत्ता समीकरणबारे पनि बैठकमा छलफल भइरहेको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको लेखेर मात्र दिन बाँकी रहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org