ताजा समाचार

धरहरा ११ वैशाखमा उद्घाटन गर्ने तयारी (फोटो फिचर)

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको धरहरा ११ वैशाखमा उद्घाटन गर्ने तयारी गरिएको छ।

भूकम्प गएको ६ वर्ष पुगेको अवसरमा ऐतिहासिक सम्पदा धरहरा वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले  उद्घाटन गर्नेछन्।  धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन्।

गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा  शिवलिङ्ग राखिएकाे छ। ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको छ।

पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो। हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसका बुट्टा रहेका छन् भने पुरानै शैलीका गोला झ्यालहरू यसमा देख्न पाइनेछन्।

२० औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ। २२औं तलामा भने पुरानै शिव लिंग स्थापना गरिएको छ। सो शिवलिंग आज राखिएको छ।  धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ। यो अपांगमैत्री छ।

४२ दशमलव २ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको छेवैमा रहेको सुन्धारालाई पनि जीवन्त बनाउने काम भइरहेको छ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org