महन्थ ठाकुरले बोलाए आफूपक्षीय सांसदको बैठक
काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरुको बैठक बोलाएका छन् । जसपा नेपालमा आन्तरिक विवाद बढ्दै गएको बेला अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक बोलाएका हुन् । सिंहदरबारमा जारी बैठकमा तत्कालीन राजपा नेपालकै सांसद महेन्द्र राय यादवलाई भने बोलाइएको छैन ।
महेन्द्रराय यादव उपेन्द्र यादवको पक्षमा गइसकेका हुनाले उनलाई बैठकमा नबोलाएको स्रोतले जनाएको छ । महेन्द्र राय यादवले आफूलाई बैठकको बारेमा जानकारी नरहेको प्रतिक्रिया दिए । बैठक पूर्वराजपा नेपालको संसदीय दलको कार्यालयको बैठक कक्षमा बसिरहेको हो ।
यस्तै तत्कालीन जसपा नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झा उपत्यका बाहिर रहेको कारण बैठकमा छैनन् भने शरत सिंह भण्डारी बैठकमा सहभागी हुने भनेपनि यो समाचार तयार पार्दासम्म बैठकमा उपस्थित भएका छैनन् । ठाकुर केपी शर्मा अोली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई समर्थन गर्न नहुने पक्षमा रहेका छन् ।
गत मंगलवार प्रधानमन्त्री अोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ । सरकारमा जाने र नजानेमा दुई धार देखिएपछि जसपामा विवाद चर्किँदै गएको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...