ताजा समाचार

‘संक्रमण तीव्र रुपमा फैलिन लागेकाले लकडाउन पनि सोच्नुपर्ने अवस्था आउन सक्छ’: प्रजिअ पराजुली

‘अवस्था बिग्रिएको छ,हामी सबै गम्भिर हुनुपर्ने अवस्था छ’

काठमाडाैँ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौंमा लकडाउनको सम्भावना उच्च रहेको बताएका छन्।

प्रजिअ पराजुलीले संक्रमण तीव्र रुपमा फैलिन लागेकाले लकडाउन हुनसक्ने बतएका हुन्। ‘अवस्था बिग्रिएको छ, ६ गतेको आदेशले मात्रै पुग्दैन भन्ने पनि बुझ्नुभयो होला,’ प्रजिअ पराजुलीले भने, ‘सबै क्षेत्रहरूमा संक्रमण बढ्दै जाँदा लकडाउनबारे पनि सोच्नुपर्ने अवस्था आउन सक्छ।’

‘अस्पताल भरिभराउको स्थिति छ, आइसियू पाइरहेको छैन, भेन्टिलेटरको अवस्था त्यस्तै छ,’ संक्रमणको अवस्था भयावह बन्दै गएको भन्दै प्रजिअ  पराजुलीले भने, ‘हामी सबै गम्भिर हुनुपर्ने अवस्था छ।’

पराजुलीले जिल्ला प्रशासन कार्यालय पनि आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आएको बताएका छन्।

‘हामीले पहिले सरोकारवालाहरूलाई सतर्कता अपनाउन आग्रह गर्‍यौ,’ सरकारले तोकेको सुरक्षाका मापदण्डलाई सरोकारवालाले गम्भीरतापूर्वक नलिएको पाइएको बताउँदै प्रजिअ पराजुलीले भने, ‘अब हामीले बलपूर्वक नै त्यसलाई लागू गराउन थालेका छौं।’

प्रजिअ पराजुलीले संक्रमण रोकथामका लागि सार्वजनिक सवारी साधनको अनुगमन कडाईका साथ गर्न थालिएको बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org