मुलुकको विकास र समृद्धिका लागि दलहरुबीच सहकार्य आवश्यक : पूर्वराष्ट्रपति यादव
काठमाडाैँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकको दिगो विकास र समृद्धिका लागि दलहरुबीच सहकार्य आवश्यक रहेको बताउनुका छन ।
ओखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको हीरकजयन्ती महोत्सवलाई सम्बोधन गर्दै उनले दलहरुबीच समन्वय र सहकार्य नहुँदा मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका हुन ।
पूर्वराष्ट्रपति यादवले सङ्घीय शासन प्रणालीमा मुलुक अग्रगतिमा अघि बढिरहेको बेलामा पछिल्ला वर्षहरुमा दलहरुबीच समन्वय र सहकार्य नहुँदा व्यवस्था नै कमजोर बन्न पुगेको उल्लेख गर्दै राजनीतिक दलहरु मुलुकको विकास र समृद्धिभन्दा बढी सत्तामोहमा केन्द्रित हुने प्रवृति बढेकाले यो व्यवस्थाप्रति नै जनतामा निरासा छाउन थालेको बताए ।
“दलहरुको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो । अब दलहरु मिल्नुको विकल्प छैन”, उनले भने, “जनताले अब पनि दुःखका दिन व्यहोर्नु पर्ने अवस्था आउनु हुँदैन । यदि दलहरुले बेलैमा सहकार्य नगर्ने हो भने नेता र पार्टीप्रति मात्रै अविश्वास बढ्ने होइन, सङ्घीयता नै धरापमा पर्ने खतरा देखिएको छ ।”
संसद विघटनपछि मुलुकको राजनीतिमा तरलता आएको भन्दै पूर्वराष्ट्रपति यादवले जनता अस्थिरताभन्दा स्थिरता, समृद्धि र विकास चाहने भएकाले जनभावनानुसार काम गर्न सबै राजनीतिक दललाई सुझाव दिए । उनले विद्यार्थीकोे सिकाइ सैद्धान्तिकसँगै व्यवहारिक पनि हुनुपर्नेमा जोड दिए ।
कर्यक्रममा प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ, सांसद यज्ञराज सुनुवार, संविधानसभा सदस्य तथा काँग्रेस नेता रामहरि खतिवडा, प्रदेशसभा सदस्य मोहन खड्कालगायतले यो विद्यालयले विगतमा पनि देशका लागि उच्चकोटीका विद्यार्थी उत्पादन गरेको स्मरण गर्दै आगामी दिनमा पनि गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याए ।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...