ताजा समाचार

नागरिकलाई मास्क लगाउन आग्रह गर्दै सडकमा निस्किए एसपी राठौर

काठमाडाैँ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायीक प्रहरी सेवा केन्द्र हेटाैडाको समन्वयमा  मुख्य बजारमा मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमण  बढ्दै गएपछि प्रहरीले सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दै मास्क बितरण गर्न थालेको हो ।

विहीबार हेटौंडाको मुख्यबजारमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा ९ पशुपतिनगरका अध्यक्ष राम विष्ट आफै फिल्डमा खटिएर मास्क वितरण गरेका हुन् ।

कोरोना संङक्रमण बढ्दै गएको कारण नागरिकहरुलाई स्वास्थ मापदण्ड पालना गराउन तथा कारोनाविरुद्ध सचेत बनाउन मास्क वितरण गरिएको सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा ९ पशुपतिनगरका अध्यक्ष राम विष्टले बताए ।

सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले समुदायमा कोरोनाविरुद्ध विभिन्न सचेतनाका कार्यक्रमहरु गरेको मकवानपुर प्रहरीले जनाएको छ । स्वास्थ सुरक्षा मापदण्ड पालना गर्नु नागरिकको प्रमुख दायित्व रहेको बताउदै मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले नागरिक स्वयम् आफ्नो स्वास्थप्रति जिम्मेवार बन्नुपर्ने बताए ।

सरकारले जारी गरेका नीति निर्देशन पालना नगर्ने मानिसहरुलाई कानून बमोजिम कारबाही गरिने समेत प्रवक्ता रिमालले बताए । प्रहरी तथा विभिन्न संघ–संस्थाले कारोनाविरुद्ध सचेतनामुलक कार्यक्रम गरेपनि कारोना संङक्रमण दर न्यूनीकरण गर्न नागरिक स्वयम् जिम्मेवार बन्न आवश्यक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org