ताजा समाचार

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटी बैठक

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन्।

एमाले महाधिवेशन आयोजक कमिटीका एक सदस्यका अनुसार अध्यक्ष ओलीले आज (आइतबार) बिहान साढे १० बजेका लागि बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन्।

उनका अनुसार बैठकमा सहभागिताका लागि शनिबार राति ११ बजे खबर आएको हो।

माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले आकस्मिक बैठक डाकेको उनको भनाइ छ।

बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org