ताजा समाचार

माधव नेपाल पक्षीय नेताको रिट आजको पेसीमा

काठमाडाैँ । एमाले माधव नेपाल पक्षीय नेताहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट आजको पेसीमा चढेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा सो रिटको पेसी तोकिएको हो ।

नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । निलम्बनमा परेका चार नेताले आफूहरूसहित २७ सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमा निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइएको छ । रिटमा पुनर्स्थापित एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउन पनि माग गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org