ताजा समाचार

राज्यविरुद्ध कसुर गरेको आरोप पत्रकार तामाङ कार्यालयबाटै पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादकलाई कार्यालयबाटै पक्राउ गरेको छ।

आइतबार दिउँसो अनिस भन्ने श्यामबहादुर तामाङलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।

उक्त अनलाइनले केहीदिन पहिले भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ४ बुँदे सहमति भएको भन्दै समाचार प्रकाशन गरेको थियो।

तर गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि अनलाइनले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ।

तर प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org