ताजा समाचार

नेपाली काँग्रेसले पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक सुरु भएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेपछि  बैठक बसेकाे काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ ।

यस्तै पार्टीका शीर्ष नेता सम्मिलित बैठक सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने छ । बूढानीलकण्ठकाे बैठकअघि वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षबीच छुट्टै छलफल भएकाे थियाे । महामन्त्री शशांक काेइरालाकाे निवास महाराजगन्जमा पाैडेल पक्षका नेताहरूबीच छलफल भएकाे थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org