ताजा समाचार

उपत्यकामा मात्रैै थपिए १९ सय १२ संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै १९ सय १२ जना संक्रमित भेटिएका छन्। जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिका छन्। सोमबार काठमाडौंमा १५ सय ६७ जना ,   ललितपुरमा २ सय २३  र भक्तपुरमा १ सय २२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टा देशभर ३५ सय ५६ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन्। त्यस्तै, १२ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ।  कोरोनाकै कारण हालसम्म ३१ सय ७६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, आज ३ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org