ताजा समाचार

काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले बताए ।

कोभिड-१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने ती मन्त्रीको भनाई छ । बैठकमा नेपाल-भारत सीमालाई बन्द गर्ने छलफल भएको पनि जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org