ताजा समाचार

बिहान ६ बजेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा, के-के चल्न पाउँछन्?

कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो।

प्रहरीले सडकमा अत्यावश्यक परेका तथा पास भएका मानिसहरूलाई मात्रै आवतजावत गर्न दिएको छ।

मर्निङवाक गर्न गएका तथा मास्क नलगाएकालाई ठाउँठाउँमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ। सडकमा एकदमै कम सवारी साधन गुडेका छन्।

सार्वजनिक सवारी साधन चलेका छैनन्। जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तीय संस्था, बीमलगायत कार्यालयको परिचय पत्र देखाएर निजी सवारी साधन चलाउन दिने भनेको छ।                                                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org