ताजा समाचार

प्रधानमन्त्री ओली आइशोलेशनमा हुनुहुन्न : सचिवालय

काठमाडौं ।  केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर समाचार सम्प्रेषण गरेपछि प्रधानमन्त्रीकाे सचिवालयले खण्डन गरेकाे छ।

प्रधानमन्त्रीका  प्रेस सल्लाहकार सूर्य थापाले यो विषयलाई खण्डन गर्दै मिडियाले भ्रम प्रचार गरेको भन्दै उनले प्रधानमन्त्रीविरुद्ध नियोजित गरिएको बताएका  छन्।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पनि प्रधानमन्त्रीसँग केही मन्त्रीहरुले छलफल गरेको फोटो सार्वजनिक गर्दै त्यस्तो समाचार भ्रमपूर्ण भएको बताएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org