ताजा समाचार

निषेधाज्ञाको अवधिभर घर बाहिर ननिस्कन गृहको अनुरोध

काठमाडौं। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेध आदेशको अवधिभर अतिआवश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न अनुरोध गरेका छन्।

प्रवक्ता दाहालले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासको अतिरिक्त सबै सरोकारवालाको सहयोग पनि आवश्यक पर्ने बताएका छन्।

उनले प्रमुख जिल्ला अधिकारीहरुबाट जारी निषेध आदेशको पूर्ण पालना गरी कोरोना महामारी नियन्त्रणमा सघाउन अनुरोध गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org