काठमाडौंका अस्पताल भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल
काठमाडौं। उपत्यकमा कोरोना संक्रमितलाई बेड पाउनै मुस्किल परेको छ।
तीनै जिल्लाका सबै अस्पतालका बेड भरिएसँगै नयाँ विरामीले उपचार नपाउने अवस्थामा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपत्यकाका तीनै जिल्लाका १३ वटा अस्पतालमा ९५६ जनाको उपचार भइरहेको छ।
जसमध्ये ८१८ जनाको आइसोलेनसमा, ९८ जनाको आईसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
‘बिरामी फर्काउन पनि सकिँदैन,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘त्यसैले हामीले ३ वटा बेड इर्मेजेन्सी वार्डअगाडि थपेका छौँ । के गर्नु यस्तो बेला त उपचार गर्नै पर्यो नि ।’
उपत्यकामा दैनिक संक्रमितको संख्या बढेसँगै कोभिड अस्पतालहरूमा बेडको संख्या अपुग हुने थालेको छ । अधिकांश अस्पताल संक्रमितले भरिएका छन् ।
डा. सागर भन्छन्, ‘यदि यही अनुपातले बिरामीको संख्या बढ्ने हो भने हामी टेकुको आँगनमा पनि संक्रमितको उपचार गराउनेछौँ ।’
कोभिडको दोस्रो लहर हप्ता दश दिनमा उत्कर्षमा पुग्दानपुग्दै सतुंगलस्थित एपीएफ अस्पताल पूरै कोभिड अस्पतालमा परिणत भइसकेको छ । एपीएफ अस्पतालले बेड क्षमता १४० भए पनि हाल १४५ जना संक्रमितको उपचार गराइरहेको छ । त्यतिमात्रै नभएर शंकास्पद संक्रमितको छुट्टै उपचार गराइरहेको छ ।
यसरी क्षमताभन्दा बढी संक्रमितको उपचार गर्नुपर्ने स्थिति प्रत्येक अस्पतालको नियति बनेको छ । वीर अस्पतालले बुधबार ७६ बेडमा संक्रमितको उपचार गराइराखेकोमा संक्रमितको संख्या बढेसँगै बिहीबार एकैदिन १६ वटा बेड थपेको छ ।
त्यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा हाल १२२ जना संक्रमितहरूको उपचार भइरहेको छ । टिचिङ अस्पतालका फोकल पर्सन डा. सन्तकुमार दास भन्छन्, ‘बेड संख्या यति उति भन्ने भएन । बिस्तारै हामी नन कोभिडलाई पनि कोभिड वार्ड बनाउँदैछौँ ।’
हाल तीव्र रूपमा कोभिड संक्रमण फैलनेमा नेपाल पहिलो नम्बरमा परेको छ । बिहीबार एकै दिन ४ हजार ३ सय ८१ संक्रमित थपिएका छन् । प्रत्येक दिन संक्रमणको दर बढेसँगै अस्पतालहरूमा भीड बढ्न थालेको छ । डा. सागर भन्छन्, ‘सामान्य रुघा खोकी लागेर कोभिडको डरले मात्रै पनि आउने धेरै जना छन् । उहाँहरूलाई भने हामी परामर्श दिएर पठाइरहेका छौँ ।’
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...