ताजा समाचार

विराटनगरमा निषेधाज्ञा, एक साता हिँडडुल गर्न रोक

काठमाडाैँ । कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको विराटनगर महानगर सेरोफेरोमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रशासनले आइतबार बिहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाे वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएकाे हाे । अन्य पालिकाहरूमा सङक्रमण दर कम भएका कारण निषेधाज्ञाकाे निर्णय नभएकाे उनले बताए।

शुक्रबार बसेकाे बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएकाे उनले बताए ।

सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभाेग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खाेल्न दिने निर्णय भएकाे जानकारी दिए । सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पनि बन्द हुनेछ।

मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।

यसअघि सुनसरी जिल्ला प्रशासनले आज (शुक्रबार) राति १२ बजेपछि २०७८ वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org