ताजा समाचार

रैथाने एकता परिषदद्वारा ज्यालादारी मजदूरलाई हरजना उपलब्ध गराउन माग

काठमाडाैँ ।  रैथाने एकता परिषद्ले अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा ज्यालादारी मजदूरलाई हरजना उपलब्ध गराउन सरकारसँग माग गरेकाे छ ।

अन्तराष्ट्रिय मजदूर दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै रैथाने एकता परिषद्ले यस्ताे माग गरेकाे हाे ।

परिषद्का संयाेजक सन्ताेष बराइलीद्वार हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ –

” काेराेनाकालिन समयमा बाध्यतावस गरिएकाे निषेधाज्ञाले ज्यालादारी मजदूरहरूलाई विहान-बेलुकीकाे गुजारा चलाउन समस्या परेकाे छ । त्यसैले परिषद् मजदूर दिवसका अवसरमा सरकारसँग देशका तमाम ज्यालादारी मजदूरहरूलाई ततकाल हरजना उपलब्ध गराउन सरकारसँग जाेडदार माग गर्दछ ।

मजदुरहरूलाई काेराेनाबाट सचेत हुन अाग्रह गर्दै विज्ञप्तीमा अगाडि भनिएकाे छ – विश्वका तमाम श्रमजीवी जनसमुदायमा अन्तराष्टिय मजदूर दिवसका अबसरमा हार्दिक शुभकामना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org