ताजा समाचार

भारतसहित १० देशमा अन्तर्राष्ट्रिय उडान स्थगित गर्न सिसिएमसीको सिफारिस

काठमाडाैँ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले कोरोना संक्रमित १० देश र नेपालबीच हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारिस गरेको छ।

सिसिएमसीको शुक्रबार बसेको बैडठकले कोरोना प्रभावित मुलुक भारत, बेलायत, अमेरिकालगायत मुलुकमा अन्तर्राष्ट्रिय उडान नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

बैठकले आन्तरिक उडान पनि बन्द गर्न प्रस्ताव गरेको सिसिएमसीका सदस्य स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले बताए।

परिस्थिति काबुबाहिर जान सक्ने भएकाले यस्तो सिफारिस गरिएको उनले बताए।

‘सिसिएमसीमा छलफल हुँदा हाल अतिप्रभावित देशमा उडान स्थगित गर्नुपर्ने सल्लाह आएकोले सिफारिस गरिएको छ,’ उनले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेपछि कार्यान्वयन हुन्छ।’

बैठकले आन्तरिक उडान पनि बन्द गर्न सिफारिस गरेको उनले बताए।

बैठकले भारतसँग जोडिएका २२ वटा सीमा नाका बन्द गर्न पनि सिफारिस गरेको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org