ताजा समाचार

जित सुनिश्चित भएपछि थापालाई राष्ट्रिय सभाकाे उम्मेदवार घाेषणा गर्ने एमालेको निर्णय

काठमाडौँ । एमालेले राष्ट्रिय सभा वाग्मती प्रदेशको उपनिर्वाचनका लागि जित सुनिश्चित भएपछि उम्मेदवार घाेषणा गर्ने भएको छ । स्थायी कमिटीकाे बिहीबारको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवारकाे जितका आधारबारे छलफल गरेको थियाे ।

गृहमन्त्री रामहादुर थापा माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि रिक्त भएको वाग्मती प्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । उक्त सिटमा थापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियाे ।

एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको उम्मेदवारकाे जित सुनिश्चितता हुनेगरी मतदाताहरूसँग छलफल गर्ने र त्यसपछि उम्मेदवारी घाेषणा गर्ने निर्णय भएको बताए । ‘राष्ट्रिय सभा उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ । मतदातासँग कुराकानी पछि उम्मेदवार घाेषणा गर्ने निर्णय भएको छ,’ उनले भने ।

वाग्मती प्रदेशकाे राष्ट्रिय सभा रिक्त पदमा कांग्रेस, माओवादी, एमालेकाे माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीकाे उपेन्द्र यादव समूहले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत माग्ने विषयमा पनि स्थायी कमिटीमा छलफल भएको ज्ञवालीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org