ताजा समाचार

बूढानीलकण्ठमा देउवा र माधव नेपालबीच भेटवार्ता जारी

काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधव नेपालबीच छलफल भइरहेको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा दुई नेताबीच छलफल भइरहेको नेता नेपालनिकट स्रोतले जनाएको छ ।

देउवा र नेपालबीच २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णयबारे विपक्षी गठबन्धनको रणनीतिबारे छलफलमा जुटेका हुन् ।

बुधबार साँझ एमाले अध्यक्ष ओलीले आफूनिकटका नेतासहित देउवासँग छलफल गर्न पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org