कोभिड संक्रमितलाई अब ‘डोर टु डोर’ स्वास्थ्य सेवा दिइन्छ : मन्त्री गुरुङ
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्रै कोभिड संक्रमितका लागि सरकारले ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन्।
छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताए।
कसैलाई पनि कुनै पनि खाद्यपदार्थ अभाव हुन नदिने गरी स्वास्थ्य जस्तै तरकारीलगायत अत्यावश्यक खाद्यपदार्थको पनि ‘डोर टु डोर’ सेवा सञ्चालन गरिने आश्वासन दिए।
‘परिवार नै कोभिड संक्रमण देखिएको छ। आफन्त छैनन्, सबै आइसोलेसनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिमसहितको गाडी दौडिने छ। त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ,’ उनले भने।
महामारीमा संञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न पनि उनले सुझाव दिए। मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिट्टै नै मन्त्रालयले सञ्चारगृहहरूलाई गाइडलाइन बनाएर परिपत्र गर्ने तयारी गरिरहेको पनि बताए। त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरी मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उनले जानकारी दिए।
‘कोभिडबाट सकियो अब केही छैन। अक्सिजन छैन। बेड छैन। सिलिण्डर छैन। आइसियु छैन। बेडबारे अब तपाईंहरुले चिन्ता नगर्नुहोस्। स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरुको व्यवस्थापन गरेको छ। त्यसमा सम्पर्क गर्ने,’ उनले बताए।
मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी हुन नसक्ने उल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने बताए।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...