ताजा समाचार

कोभिड संक्रमितलाई अब ‘डोर टु डोर’ स्वास्थ्य सेवा दिइन्छ : मन्त्री गुरुङ

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्रै कोभिड संक्रमितका लागि सरकारले ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन्।

छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताए।

कसैलाई पनि कुनै पनि खाद्यपदार्थ अभाव हुन नदिने गरी स्वास्थ्य जस्तै तरकारीलगायत अत्यावश्यक खाद्यपदार्थको पनि ‘डोर टु डोर’ सेवा सञ्चालन गरिने आश्वासन दिए।

‘परिवार नै कोभिड संक्रमण देखिएको छ। आफन्त छैनन्, सबै आइसोलेसनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिमसहितको गाडी दौडिने छ। त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ,’ उनले भने।

महामारीमा संञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न पनि उनले सुझाव दिए। मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिट्टै नै मन्त्रालयले सञ्चारगृहहरूलाई गाइडलाइन बनाएर परिपत्र गर्ने तयारी गरिरहेको पनि बताए। त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरी मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उनले जानकारी दिए।

‘कोभिडबाट सकियो अब केही छैन। अक्सिजन छैन। बेड छैन। सिलिण्डर छैन। आइसियु छैन। बेडबारे अब तपाईंहरुले चिन्ता नगर्नुहोस्। स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरुको व्यवस्थापन गरेको छ। त्यसमा सम्पर्क गर्ने,’ उनले बताए।

मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी हुन नसक्ने उल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org