ताजा समाचार

ओलीले नेपाल समूहसँग वार्ताका लागि अर्थ मन्त्री पाैडेल र नेम्वाङलाई पठाए

काठमाडाै ।  एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहसँग वार्ता गर्न दुई जना नेतालाई पठाएका छन् ।

नेपाल समूहका सांसदरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वार्ताका लागि खटाएका हुन् ।

अहिले ओली र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा वार्ता चलिरहेको छ । नेपाल समूहका सांसदहरु पनि सामूहिक राजीनामा बोकेर संसद सचिवालय सिंहदरबारमा पुगेका छन् । उनीहरुलाई रोक्न प्रधानमन्त्रीले दुई जना नेतालाई खटाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org