ताजा समाचार

जसपा तटस्थ रहेन , बाबुराम–उपेन्द्र पक्षले विपक्षमा मत दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले स्वविवेकले मतदान गर्न प्रयोग पाउने भएका छन् ।

पार्टी शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो । संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । तर डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने बताए ।
मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको नेता राजेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए । उनले अघि भने, ‘तटस्थ बस्न चाहने साथीहरुले तटस्थ बस्न पाउनुहुन्छ । हामी चाहिँ विपक्षमा मतदान गर्छौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org