ताजा समाचार

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । संसद्को विश्वास गुमाएपछि ओलीले पहिलोपटक स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक बिहीबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सरकार गठनका विकल्पबारे छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिपछिको समीक्षा र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिन लागेको एक स्थायी कमिटी सदस्यले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी राजनीतिक दलको गठबन्धन सरकार गठनका लागि समय दिएकी छन् । उक्त विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org