ताजा समाचार

राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

काठमाडौं । नेकपा (एमाले)भित्रको अन्तरसंघर्ष पेचिलो बनेका बेला कानुन व्यवसायीहरू नेता माधवकुमार नेपाल भेट्न आज कोटेश्वर पुगेका छन् । कानुन व्यवसायीहरू शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दी अहिले नेता नेपाल निवासमा रहेको र उनीहरूले राजीनामा नदिन सुझाएको एक नेताले जानकारी दिए ।

यता आजै (बिहीबार) बसेको स्थायी कमिटी बैठकले नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ताको निर्णय गरेको छ । नेता नेपाल र रावललाई गत चैत १६ गते र भुसाल र पाण्डेलाई चैत १९ गते पार्टी साधारण सदस्यबाट निलम्बन गरिएको थियो ।

आजै विष्णु पौडेलले नेता नेपाललाई भेटेर सहमतिमा आउन आग्रह गरेका छन् । नेता खनाल–नेपाल समूहले भने ओली सहमतिमा नआएको भन्दै राजीनामापत्र तयार गरेर बसेको छ ।

प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि आह्वान भएको गठबन्धनको सरकार निर्माणको म्याद आज राति ९ बजे सकिँदै छ । राजनीति निर्णायक घडीतिर अघि बढ्दा एमालेभित्रको विवाद नयाँ मोडमा पुगेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org