ताजा समाचार

यी हुन् एमाले स्थायी कमिटीका निर्णयहरू

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।  बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विभिन्‍न निर्णय गरेको छ ।

बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले कारबाही गरेको थियो । ति चार जना नेताको कारबाही फुकुवाको निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका ओली समूहका नेता विष्णु पौडेलले बताए ।

पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमहरूको गर्दै पार्टी एकता रक्षाका लागिका विगतका सबै बिर्सिएर अगाडि बढ्‍ने भएकाले कारबाही फुकुवा गरेको प्रदिप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्‍यस्तै पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्‍यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।

बैठकले अङ्क्सिजनको पर्याप्त प्रभावकारी र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध, अस्पतालहरूको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्‍पूर्ण श्क‍ति परिचालित गर्न र मित्र राष्ट्रहरूबाट आवश्यक सहायता जुटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।                                           

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org