ताजा समाचार

प्रधानमन्त्री ओलीले बोलाए विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसहितको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसहितको बैठक बोलाएका छन् ।

मुलुकमा कोरोनाभाइरस संक्रमणको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसहितको राखेका हुन् ।

बैठक अपरान्ह ४ बजे बस्ने बालुवाटारमा बोलाइएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले भाइरस संक्रमणको पछिल्लो अवस्थाको समीक्षा गर्ने र सरकारको कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

उक्त छलफलमा प्रधानमन्त्रीले कोभिड संक्रमणको लागि विज्ञ र निजी क्षेत्रको सुझाव लिएर अघि बढ्ने जनाइएको छ । कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीले सरकारको तयारी र अहिले गरेका कामबारे जानकारी दिने बताइएको छ ।

यस्तै महामारी नियन्त्रण गर्न जारी गरिएका प्रतिबन्ध र अर्थतन्त्रलाई पनि सँगै अघि बढाउनेबारे निजी क्षेत्र र विज्ञको सुझाव लिने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org