ताजा समाचार

सीसीएमसी खारेज गर्न माग माओवादी केन्द्रको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोभिड-१९ नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरेको माओवादी स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी दिए ।

बिपत सम्बन्धी घटनाहरू हेर्नका लागि गृह मन्त्रालयमा कानुनी व्यवस्था सहितको निकाय रहेको र स्वास्थ्य जोखिमसम्बन्धी निकायलाई पनि काम गर्न नदिएको भन्दै कानुनी हैसियत नभएको सीसीएमसीलाई खारेज गरिनुपर्ने माओवादीको ठहर रहेको उनले बताए ।

पहिलो चरणको कोभिड महामारीपछि सरकारले आवश्यक तयारी गर्न नसकेको र प्रयाप्त समन्वय गर्न नसकेकाले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने पुनले बताए । त्यस्तै प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय सर्वपक्षीय संयन्त्र बनाएर कोरोनासँग जुध्‍ने मेकानिज्म परिचालन गरिनुपर्ने बैठकले निष्कर्ष निकालेको पुनले बताए ।

त्यस्तै अध्यक्ष दाहालको नेतृत्वमा कोभिडसँग जुध्‍न बनाइएको समिति र अन्य नीति तथा अभियानबारे शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने स्थायी कमिटी सदस्य पुनले बताए ।

बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org